• जिल्लाको कृषि तथ्यांक प्रोफाईल तयार तथा अद्यावधिक गर्ने।
  • स्थानीय निकायमा कार्यरत कृषि प्राविधिकहरुलाई तालिम तथा क्षमता अभिवृद्धि गर्ने।
  • व्यवसायिक किसान, उद्यमी तथा कृषि फार्म संचालकको लागि तालिम तथा क्षमता अभिवृद्धि गर्ने।
  • आधुनिक तथा उन्नत कृषि प्रविधिको प्रदर्शन, परीक्षण तथा सिफारिस गर्ने।
  • माटो तथा मल, बीउ तथा बाली संरक्षण सम्बन्धी सामान्य प्रयोगशाला सेवा प्रदान गर्ने।
  • संघीय कृषि विकास कार्यक्रम तथा आयोजनाको कार्यान्वयन तथा सम्पर्क बिन्दुको रुपमा कार्य गर्ने।
  • प्रादेशिक कृषि विकास कार्यक्रम तथा आयोजनाहरुको कार्यान्वयन गर्ने।
  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कमाण्ड क्षेत्रभित्रका जोन तथा सुपरजोनको लागि प्राविधिक सेवा उपलब्ध गराउने।
  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कमाण्ड क्षेत्रभित्रका पकेट तथा ब्लकको कार्यक्रम संचालन तथा प्राविधिक सेवा उपलब्ध गराउने।
  • भौगोलिक विविधता अनुसारको प्राथमिकता प्राप्त बाली वस्तु विकासको योजना, मूल्य अभिवृद्धि शृंखला विकास तथा कार्यान्वयनको समन्वय गर्ने।
  • आर्थिक महत्वका स्थानीय कृषि विविधताको पहिचान, संरक्षण तथा उपयोग गर्ने।
  • विभिन्न बालीनालीका रोग किराहरुको पेष्ट म्याप तयार गर्ने।
  • विभिन्न बालीनाली तथा रोग किराहरुको संकलन, पहिचान तथा संरक्षण गरी संग्रहालयको रुपमा विकास गर्ने।
  • स्थानीय बाली/रैथाने बाली/लोपोन्मुख तथा उपेक्षित बालीको जर्मप्लाज्म संकलन गरी Gene Bank लाई उपलब्ध गराउने।
  • स्थानीय तहका कृषि एकाईहरुबाट कृषि सम्बन्धी तथ्यांक संकलन तथा अद्यावधिक गर्ने साथै असिना, बाढी, पहिरो जस्ता दैवी प्रकोपको विवरण संकलन गरी तथ्यांक प्रादेशिक तथा संघीय तालुक निकायहरुमा पठाउने। 
  • बीउ, बिषादी तथा मलखाद बिक्रेताहरुको अनुमति नवीकरण तथा अनुगमन गर्ने साथै तिनीहरुको क्षमता अभिवृद्धि गर्ने।
  • कमाण्ड क्षेत्रभित्र रहेका श्रोत केन्द्रहरु, फलफूल तथा तरकारीको नर्सरीहरुलाई प्राविधिक सेवा प्रदान गर्ने।
  • कमाण्ड क्षेत्रभित्र रहेका फलफूल तथा तरकारीको नर्सरीहरुको तालुक निकायको समन्वयमा प्राविधिक अनुगमन गरी प्राविधिक प्रतिवेदनका आधारमा निरोगिताको प्रमाणपत्र उपलब्ध गराउने।
  • निरोगिताको प्रमाणपत्र बिना बीउ, बिरुवा, बेर्ना तथा अन्य रोपण सामाग्रीहरुको ओसारपसारमा तालुक निकायसँग समन्वय गरी रोक लगाउने।
  • व्यवसायिक फर्म, बीमा, कृषिजन्य उद्योगमा विद्युतीकरण, विषादी बिक्रेता आदिको लागि सिफारिस गर्ने।
  • कमाण्ड क्षेत्रभित्र कृषि उद्धम तथा व्यवसाय संचालन गर्न चाहनेहरुको लागि प्राविधिक तथा व्यवसायिक कार्य योजना तयार गर्न सहयोग गर्ने।
  • कृषक बर्गीकरणको लागि स्थानीय सरकारसँग समन्वय तथा सहजीकरण गर्ने।
  • कृषि स्नातक तथा JT/JTA कोर्ष अध्ययनरत विद्यार्थीहरुको लागि इन्टर्नसिप कार्यक्रम संचालन गर्ने।
  • संघीय एवम् प्रादेशिक कृषि सम्बन्धी ऐन, नीति, नियम, नियमावली, निर्देशिका सम्बन्धी सरोकारवाला निकायहरुलाई सुसूचित गर्ने, गराउने।
  • स्थानीय तह अन्तर्गत नगरपालिका, गाउँपालिका, तथा वडाको विस्तृत स्थलगत सर्वेक्षण गरी भूगोल, हावापानी, मोहडा, कृषि पर्यावरण, माटो परीक्षण तथा परम्परागत बालीनालीहरुको आधारमा कृषिको व्यवसायीकरणको लागि आधारभूत कृषि प्रोफाइल तयार पार्न सहयोग गर्ने।
  • नेपाल कृषि अनुसन्धान परिषद्सँग समन्वय गरी बाह्य अनुसन्धान स्थलको रुपमा कार्य गर्ने।
  • संघीय तथा प्रदेश सरकारले तोकेका अन्य प्राविधिक कार्यहरु गर्ने।
  • समग्र कृषि विकासको सम्बन्धमा संघ, प्रदेश र स्थानीय तह बीच पुलको काम गर्ने।
  • यस अघि साविक जिल्ला कृषि विकास कार्यालयले प्रतिनिधित्व गर्ने जिल्लास्तरका समितिहरुमा सहभागिता जनाउने।
  • कृषि विकासमा टेवा पुर्याउने अन्य कामहरु गर्ने।